२०८३ बैशाख १८ गते , शुक्रबार
दशैं शुभकामना साट्न ओली गृह जिल्लामा
बिर्तामोड । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले दशैंको अवसरमा आज विर्तामोडमा शुभकामना कार्यक्रम आयोजना गरेका छन् ।
२०५१ सालदेखि दशैंको नवमीको दिन अध्यक्ष ओलीले गृह जिल्ला झापामा शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गर्दै आएका छन ।
यसपालीको कार्यक्रम बिर्तामोडको सिटी सेन्टरस्थित साई पाटी प्यालेसमा राखिएको नेकपा एमाले झापाका इञ्चार्ज अग्नी खरेलले जानकारी दिए ।
दिउँसो १ बजे हुने कार्यक्रममा नेपाली कांग्रेसका पूर्व महामन्त्री कृष्णप्रसाद सिटौला, राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन लगायतका अन्य राजनीतिक दलका नेताहरुको समेत उपस्थिति रहने बताइएको छ ।