२०८३ बैशाख १८ गते , शुक्रबार

आज र भोलि पानी पर्ने, सतर्कता अपनाउन आग्रह

sajilo news
परिवेश मिडिया
२०७९ आश्विन १८ गते , मंगलबार
आज र भोलि पानी पर्ने, सतर्कता अपनाउन आग्रह

काठमाण्डौ जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले आज देशभर बदली हुने अधिकांश स्थानमा हल्कादेखि मध्यम खालको वर्षा हुने जनाएको

बंगालको खाडीमा विकसित भएको न्यून चापीय क्षेत्रको प्रभाव उत्तरपश्चिमी तर्फ सर्दै जाने क्रममा त्यसको असर नेपालमा पनि परेकाले मौसम बदली भएको हो

मौसम पूर्वानुमान महाशाखाले जारी गरेको बुलेटिनमा लेखिए अनुसार असोज १८ गते नवमीको दिन दिउँसो प्रदेश , मधेश, बागमती, गण्डकी लुम्बिनी प्रदेशका केही स्थानमा बाँकी प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम खालको वर्षा हुने राति भने लुम्बिनी, बागमती, गण्डकी, मधेश प्रदेश का एकदुई स्थानमा भारी वर्षाको सम्भावना

असोज १९ गते दशैंको टीकाको दिन देशभर बादल लाग्ने गण्डकी, लुम्बिनी, कर्णाली सुदूरपश्चिममा भारी वर्षा हुने मौसम पूर्वानुनमान महाशाखाले जनाएको

असोज २० गते एकादशी २१ गते द्वादशीको दिनमा पनि सुदूरपश्चिम, कर्णाली, लुम्बिनी गण्डकी प्रदेशहरूका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसम बुलेटिनमा उल्लेख

त्यसैले पहाडी भूभागमा पहिरो तथा गेग्रान बहावको जोखिम रहेको सडक तथा हवाई यातायात तथा कृषि लगायतका क्षेत्रहरू प्रभावित हुन सक्ने भएकाले सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले आग्रह गरेको

नेपालमा मनसुन बाहिरिने सरदर मिति अक्टोबर तारिख अर्थात् असोज १५ गते भए तापनि यस वर्ष मनसुन सरदर मितिभन्दा केही दिन ढिला बाहिरिने महाशाखाले जनाएको

सम्बन्धित समाचार