२०८३ बैशाख १८ गते , शुक्रबार

जन्मोत्सवमा पत्रकार महासंघलाई २५ हजार सहयोग

sajilo news
परिवेश मिडिया
२०७९ आश्विन १७ गते , सोमबार
जन्मोत्सवमा पत्रकार महासंघलाई २५ हजार सहयोग

काँकरभिट्टा । भानु साहित्यिक प्रतिष्ठानका अध्यक्ष कृष्णप्रसाद उप्रेतीले आफ्नो जन्मोत्सवमा नेपाल पत्रकार महासंघ झापा शाखालाई २५ हजार नगद सहयोग गरेका छन् ।
सोमबार काँकरभिट्टास्थित प्रतिष्ठानको कार्यालयमा एक कार्यक्रमको आयोजना गरि समाजसेवी  उप्रेतीले ८३औँ जन्मोत्सवको अवसरमा महासंघलाई सो रकम हस्तान्तरण गरेका हुन् ।
सो रकम कार्यक्रमका प्रमुख अतिथि संविधानसभा सदस्य रविन कोइराला र प्रतिष्ठानका अध्यक्ष उप्रेतीले महासंघ झापाका अध्यक्ष एकराज गिरीलाई हस्तान्तरण गरेका थिए ।
कार्यक्रमका प्रमुख अतिथि कोइरालाले समाजसेवी उप्रतीले समाजमा पुर्याएको योगदानको बारेमा चर्चा गरेका थिए । उनले जनताले अघोषितरुपमा परिवर्तनको संकेत गरेकाले अब खासगरी मुलधारका राजनीतिक दलले करेक्सन गरेर अघि बढ्नु पर्नेमा जोड दिएका थिए ।
कार्यक्रममा पत्रकार महासंघ झापाका अध्यक्ष एकराज गिरीले समाजसेवी उप्रेतीको यसरी नै १०० वर्षको जन्मोत्सव मनाउन पाउँ भन्दै महासंघको पत्रकार उपचार कोषलाई सहयोग गरेकोमा धन्यवाद दिएका थिए ।
उनले यसवर्ष १ करोड पुर्याउने लक्ष्य रहेको बताए । उनले हालसम्म ६० लाख भन्दा बढी सहयोग जुटिसकेको जानकारी दिए ।
कार्यक्रममा सञ्चार उद्यमी समेत रहेका उप्रेतीले विगतदेखि हालसम्म भोगेका सकारात्मक र नकरात्मक पक्षहरुका बारेमा चर्चा गरेका थिए । 

सम्बन्धित समाचार