२०८३ बैशाख १८ गते , शुक्रबार

पाँचथरमा निर्वाचन अधिकृतको कार्यालय स्थापना

sajilo news
परिवेश मिडिया
२०७९ आश्विन १५ गते , शनिबार
पाँचथरमा निर्वाचन अधिकृतको कार्यालय स्थापना

पाँचथर । पाँचथरमा मुख्य निर्वाचन अधिकृतको कार्यालय उद्घाटन गरिएको छ । फिदिमस्थित जिल्ला हुलाक कार्यालयमा मुकाम रहने गरी शनिबार कार्यालय उद्घाटन गरिएको हो । कार्यालय उद्घाटन कार्यक्रममा जिल्लाका राजनैतिक दलहरुले निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित बनाउन सहयोग गर्ने प्रतिबद्वता जनाए ।
मुख्य निर्वाचन अधिकृत टिकेन्द्र दाहालले दलहरुको सद्भाव र समन्वयबाट मात्रै निर्वाचन सफल हुने टिप्पणी गर्दै आम नागरिकको सहयोग अपरिहार्य रहने बताए ।
फिदिम नगरपालिकाका मेयर मित्रप्रसाद काफ्लेको प्रमुख आतिथ्यमा सम्पन्न कार्यालय उद्घाटन कार्यक्रममा कांग्रेसका जिल्ला सभापति रुपनारायण जबेगू, एमाले जिल्ला सचिवालय सदस्य तुलसी थापा, राप्रापा जिल्ला उपाध्यक्ष झलक थापा, जनता समाजवादी पार्टिका जिल्ला सचिव कमलराज नेम्बाङ, लिम्बुवान मञ्चका अध्यक्ष चन्द्रराज आङदेम्बे र नेकपा (एकीकृत समाजवादी)का जिल्ला सदस्य खड्ग बोहोरालगायतले निर्वाचन धाँधलीरहित बनाउन सहयोग गर्ने प्रतिबद्वता जनाएका थिए ।

सम्बन्धित समाचार