२०८२ जेष्ठ ३२ गते , शनिबार

बलात्कारको घटनामा आधारित क्राइम मुभीको प्रथम प्रदर्शन हुने

sajilo news
परिवेश मिडिया
२०७९ आश्विन १२ गते , बुधबार
बलात्कारको घटनामा आधारित क्राइम मुभीको प्रथम प्रदर्शन हुने

बिर्तामोड । बीबी प्रोडक्सनको ब्यानरमा बलत्कारजस्तो अपराधको घटनामा आधारित क्राइम चलचित्रको प्रथम प्रदर्शन हुने भएको छ । 
बिर्तामोडस्थित अतिथी सदनको हलमा दसैको अवसर पारेर असोज १५ गते सो चलचित्र प्रदर्शन हुन लागेको चलचित्रका सह निर्माता तीर्थ सिग्देलले जानकारी दिए । करिब ७ लाखको लगानीमा बनेको क्राइमले बलात्कार र अन्य अपराध नियन्त्रणका लागि सामाजिक सन्देस प्रवाह गरेको उनले बताए । 
सो चलचित्रमा मुख्य भुमिका राजन थापाले निभाएका छन् । उनी सो चलचित्रका मुख्य निर्माता पनि हुन् । उनी लगायत चलचित्रमा झापाकै दुई दर्जन कलाकारहरूले अभियान गरेका छन् । 
चलचित्रको निर्देशन र लेखन युवा निर्देशक रोहन राइले गरेका छन् ।

सम्बन्धित समाचार