२०८३ बैशाख १८ गते , शुक्रबार

चितवनस्थित आफ्नै घरमा सरे प्रचण्ड

sajilo news
परिवेश मिडिया
२०७९ आश्विन १० गते , सोमबार
चितवनस्थित आफ्नै घरमा सरे प्रचण्ड

चितवन नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालप्रचण्ड चितवनस्थित आफ्नै घरमा सरेका छन् प्रचण्ड सोमबार विहान भरतपुर१४ स्थित पुख्र्यौली जमिनमा बनेको घरमा सरेका हुन्

सोमबार विहान पार्टी निकट पत्रकार संगठन प्रेस सेन्टरले आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रम सकेर प्रचण्ड नयाँ घरमा सरेको स्रोतले जानकारी दिएको हो भरतपुर महानगरपालिका१० मा रहेको छोरी रेनु दाहालको सरकारी निवासबाट झण्डै १६ किलोमिटर टाढा भरतपुर१४ मा बनेको घरमा प्रचण्ड बिरामी श्रीमती सीतासहित शिवनगरको नयाँ घरमा सरेका छन् प्रचण्डको नयाँ एकतले घर करीव १० कठ्ठा जग्गामा बनेको

मूलघर नजिकै सुरक्षाकर्मी अन्य सहयोगी बस्नका लागि केही कोठा निकालेर टिनको छाना भएका अस्थायी संरचना पनि बनाइएको काठमाडौंमा विवादास्पद ठेकेदार शारदाप्रसाद अधिकारीको घरमा बसेकामा आलोचना खेपेका प्रचण्डको घर पैत्रिक सम्पत्तिमा बनेको हो यो जग्गा उनका बुवा मुक्तिरामले नाति प्रकाशका नाममा दिएको स्रोत बताउँछ

सम्बन्धित समाचार