२०८३ बैशाख १९ गते , शनिबार

टिपरको ठक्करबाट श्रीमानको मृत्यु श्रीमती घाइते

sajilo news
परिवेश मिडिया
२०७९ आश्विन १ गते , शनिबार
टिपरको ठक्करबाट श्रीमानको मृत्यु श्रीमती घाइते

बिर्तामोड । झापामा टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ ।
मृत्यु हुनेमा बाह्रदशी गाउँपालिका-५ निवासी अन्दाजी ४६ वर्षीय सागर पौडेलको रहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता डीएसपी बसन्त पाठकले जानकारी दिए ।
प्रहरीका अनुसार पूर्व-पश्चिम राजमार्गअन्तरगत कनकाई नगरपालिका-४ स्थित माई खोलाको पुलमा पूर्वतर्फ जाँदै गरेको प्रदेश ०३-००१ क ००९१ नम्बरको टिपरले विपरीत दिशाबाट आउँदै गरेको प्रदेश १-०१-०१३ प ८३१९ नम्बरको मोटरसाइकललाई शुक्रबार दिउँसो साढे ३ बजे ठक्कर दिएको थियो । दुर्घटनामा परी गम्भीर घाइते भएका मोटरसाइकल चालक पौडेल र पछाडि सवार उनकी श्रीमती ४० वर्षीया गीता पौडेल गम्भीर घाइते भएका थिए ।
घाइते दुवै जनालाई उपचारका लागि बिर्तामोडस्थित बिएण्डसी अस्पताल लगिएकोमा मोटरसाइकल चालक पौडेललेको उपचारको क्रममा साँझ पौने ६ बजे मृत्यु भएको हो । इलाका प्रहरी कार्यालय सुरुङगाले टिपर चालक मकवानपुर जिल्ला गढी गाउँपालिका-८ निवासी २३ वर्षीय मन रत्न लामासहित दुवै सवारीसाधन नियन्त्रणमा लिएको छ ।

सम्बन्धित समाचार