२०८३ बैशाख १९ गते , शनिबार

सुरुङ्गाका व्यवसायी मण्डलद्वयद्वारा सहयोगका लागि अपिल

sajilo news
परिवेश मिडिया
२०७९ भाद्र २९ गते , बुधबार
सुरुङ्गाका व्यवसायी मण्डलद्वयद्वारा सहयोगका लागि अपिल

बिर्तामोड झापाको सुरुङ्गामा अवस्थित ओभी सुरुङ्गा सपिङ्ग कम्प्लेक्स नामक डिपार्टमेन्ट स्टोरका सञ्चालकद्वय कनकाई का रुपन मण्डल बेचन मण्डलले घरधनीबाट आफुहरु अन्यायमा परेको भन्दै सहयोगका लागि अपिल गरेका छन् मण्डलद्वयले आफूहरु घरधनी रुद्रप्रसाद ढकालबाट पिडीत भएको समस्या समाधानका लागि विभिन्न निकायको ढोका ढकढक्याउँदासमेत कुनै पहल नभएको भन्दै वुधबार बिर्तामोडमा पत्रकार सम्मेलन गरेर न्यायका लागि अपिल गरेका हुन्

मण्डलद्वयले कनकाई सुरुङ्गाका रुद्रप्रसाद ढकालको घरमा २०७६ साल असार ३१ गते १० बर्षका लागि मासिक ४८ हजार रुपैँया भाडा तिर्ने  सम्झौता गरी सपिङ्ग कम्प्लेक्स सञ्चालन गर्दै आएको, धरौटीबापत मासिक रुपमा ११ लाख ९२ हजार घरधनीलाई दिइसकेको अवस्थामा गत असार साउन दुई महिनाको घरभाडा बुझाउँन बाँकी रहँदा कम्प्लेक्सको चावी नै खोसेर पसल सञ्चालन गर्न नदिएको गुनासो गरे आफुहरुले ११ लाख ९२ हजार रुपैँया घरधनीबाट पाउनु पर्ने अवस्थामा दुई महिनाको भाडा नबुझाएको भन्दै साउन २१ गते घरधनी रुद्रप्रसाद उनका भाई ओमप्रकाश ढकालले चावी खोसेको बताए चाबी दिन पटक पटक आग्रह गर्दासमेत ढकालले भाडा नबुझाए चाबी नदिने एक हप्तामा भाडा नदिए आफैँ सटर खोलेर सामान बिक्री गरेर भाडा असुल्ने धम्की दिएको कम्प्लेक्स सञ्चालक रुपन मण्डलको भनाई

एक हप्तासम्ममा पनि घरधनीले चाबी नदिएपछि समस्या समाधानका लागि वडा कार्यालय, नगरपालिका, इलाका प्रहरी कार्यालयमा गएर निवेदन दर्ता गराउन खोज्दासमेत निवेदन दर्ता नगरिदिँदा आफुहरु थप पिडीत बनेको मण्डलले बताए कनकाई उद्योग वाणिज्य संघले निवेदन लिएको तर संघका पदाधिकारीहरुले छलफलमा घरधनीको पक्ष लिँदै सम्झौता विपरित घरभाडा ८५ हजार भएको सञ्चालकले बाँकी भाडा बुझाउनु पर्ने दबाब दिएको उनीहरुको गुनासो

करिब करोड ५० लाख लगानी रहेको कम्प्लेक्समा विभिन्न बैंक तथा वित्तीय संस्थाको करोड ऋण लगानी भएको सञ्चालक मण्डलले जानकारी दिए लामो समयदेखि कम्प्लेक्स बन्द रहँदा आफुहरु लाखौँ नोक्सानमा रहेको बैंक तथा वित्तीय संस्थाहरुले कर्जा असुलीको लागि पत्राचार गर्न थालेको उनीहरुले बताए उनीहरुले सञ्चालकको हस्ताक्षर भएको खाली चेक पसलमा नै रहेको चाबी घरधनीसँगै भएकाले चेक दुरुपयोग हुन सक्ने चिन्तासमेत व्यक्त गरेका छन्

सञ्चालकद्वयले आफूहरुलाई आतंकित पार्दै आफ्नो विभिन्न संघसंस्थाको लगानी डुब्ने गरी नोक्सान पुर्याउने कार्य ढकाल परिवारले गरेकोले उचित क्षतिपूर्तीसहित चार करोडभन्दा बढी घरधनीबाट क्षतिपूर्ती भराई पाउन आफूहरु अन्यायमा परेकाले न्यायका लागि पहल गरिदिन सम्पूर्ण सञ्चारक्षेत्र, नागरिक समाज, आम उद्योगी व्यवसायी सम्बन्धित निकायसँग जोडदार माग गरेका छन् उनीहरुले आफुहरुको जीउज्यानमाथि खतरा रहेको भन्दै जिल्ला प्रशासन कार्यालय झापामा सुरक्षाका लागि निवेदनसमेत दिएका छन्

यता घरधनी रुद्रप्रसाद ढकालले भने घरभाडा मौखिक रुपमा ८५ हजार रुपैँया गरेको बहाल कर कम होस भन्ने उद्धेश्यले ४८ हजारको मात्र लिखित सम्झौता गरेको बताए विगत बर्षदेखि घरबहाल आफुले नपाएको महिनादेखि कम्प्लेक्स सञ्चालक सम्पर्क नआउने कामदारमात्र पठाएर कम्प्लेक्स सञ्चालन गर्ने गरेकाले बाध्य भएर चाबी आफुले लिएर घर खाली गराइदिन वडा कार्यालय तथा प्रहरी चौकीमा निवेदन दिएको दाबी गरे

सम्बन्धित समाचार