२०८३ बैशाख १९ गते , शनिबार

भद्रपुरमा ट्रकको ठक्करबाट आमाको मृत्यु छोरीसहित तीन जना घाइते

sajilo news
परिवेश मिडिया
२०७९ भाद्र २७ गते , सोमबार
भद्रपुरमा ट्रकको ठक्करबाट आमाको मृत्यु छोरीसहित तीन जना घाइते

बिर्तामोड । झापाको भद्रपुरमा ट्रकको ठक्करबाट पैदलयात्री महिलाको मृत्यु भएको छ । उत्तरतर्फ आइरहेको प्र-१-०१-००१ ख ३६५९ नम्बरको ट्रकले भद्रपुरको देउनियाँ पुलमा हिडिरहेका आमाछोरीलाई ठक्कर दिँदा भद्रपुर-२ गैरीगाउँ निवासी आमा ३५ वर्षीया तुलसा खवास (लामा)को मृत्यु भएको प्रहरीले जनाएको छ । 
प्रहरीका अनुसार ट्रकको ठक्करबाट मृतककी २ वर्षीया छोरी रुक्साना गम्भीर घाइते भएको र मेची अस्पताल भद्रपुरमा उपचार सम्भव नभएपछि  थप उपचारका लागि बिर्तामोडस्थित बिएण्डसी अस्पताल पठाइएकोछ । 
प्रहरीका अनुसार कचनकवलबाट प्रेम इँटा बोकेर पाँचथर जाने क्रममा सोमबार दिउँसो भद्रपुरस्थित ज्ञानेचोक नजिकैको देउनियाँ पुल ट्रकले आमाछोरीलाई ठक्कर दिँदा ट्रक अनियन्त्रित भइ पुल मुनि खसेको थियो । ट्रकमा सवार दुई जना कामदारसमेत घाइते भएका छन् । घाइतेद्वय बिर्तामोड–२ निवासी ५२ बर्षीय बुद्धलाल राजवंशी र सोही ठाउँका २४ बर्षीय अनिल हस्दा रहेका छन् । उनीहरूलाई उपचारका लागि  बीएण्डसी अस्पताल पठाइएको छ । 
यता ट्रक चालक हिलिहाङ्ग-६ बस्ने २४ बर्षीय योगेश सिटौलालाई प्रहरीले नियन्त्रणमा लिएको बताइएको छ ।  

सम्बन्धित समाचार