२०८३ बैशाख १९ गते , शनिबार

जन्म दिनको उपलक्ष्यमा रिजालले गरिदिए १० जना विद्यार्थीको जीवन बिमा

sajilo news
परिवेश मिडिया
२०७९ भाद्र २६ गते , आईतबार
जन्म दिनको उपलक्ष्यमा रिजालले गरिदिए १० जना विद्यार्थीको जीवन बिमा

बिर्तामोड । डिलाइट फुड कम्पनीका प्रदेस १ का सेल्स मेनेजर सागर रिजालले आफ्नो जन्म दिनको उपलक्ष्यमा विद्यार्थीको जीवन बिमा गरिदिएका छन । रिजालले बिर्तामोडस्थित मोहनमाया माविमा अध्ययनरत १० जना विद्यार्थीको जीवन बिमा गरिदिएका हुन ।
हरेक बर्ष जन्म दिनमा सामाजिक गतिविधि गर्दै आएका रिजालले यो बर्ष मोहनमायाका मावि तहमा अध्ययनरत जेहेन्दार ५ जना छात्र र ५ जना छात्राको म्यादी जीवन बिमा गरिदिएका हुन । उनले सबै विद्यार्थीको १/१ लाख रुपैँयाको बिमा गरिदिएका हुन । रिजालले गएको जन्म दिनमा नेपाल पत्रकार महासंघ झापा शाखाले स्थापना गरेको सहारा पत्रकार उपचार कोषमा सहयोग गरेका थिए ।
मानिसले जन्मिएर केही गर्नु पर्छ भन्ने भावले सानो भए पनि सामाजिक कार्य गरौँ र केही नौलो काम गरौँ भन्ने उद्धेश्यले विद्यार्थीको बिमा गरिदिएको रिजालले बताए ।
बिमा मानिसको जिवनमा अपरिहार्य रहेको बताउँदै विद्यालयका प्रधानाध्यापक शेरबहादुर श्रेष्ठले आफ्नो विद्यालय रोजेकोमा रिजाललाई जन्म दिनको शुभकामनासहित धन्यवाद दिए । 

सम्बन्धित समाचार