२०८३ बैशाख १८ गते , शुक्रबार

नागरिकता विधेयक हुबहु प्रमाणीकरणका लागि पठाइयो

sajilo news
परिवेश मिडिया
२०७९ भाद्र २१ गते , मंगलबार
नागरिकता विधेयक हुबहु प्रमाणीकरणका लागि पठाइयो

काठमाण्डौ । संसदको दुवै सदनबाट पुन: पारित गरिएको नागरिकता विधेयक प्रमाणीकरणका लागि राष्ट्रपतिकहाँ पठाइएको छ।
सभामुख अग्निप्रसाद सापकोटाले नागरिकता ऐनलाई संशोधन गर्न बनेको विधेयक प्रमाणीकरणका लागि दोस्रो पटक राष्ट्रपति कार्यालय शितल निवास पठाएका छन्।
सभामुख सापकोटाले सोमबार नागरिकता विधेयक राष्ट्रपतिकहाँ पठाएको उनको सचिवालयले जनाएको छ।
प्रतिनिधि सभा र राष्ट्रिय सभाले पारित गरेर प्रमाणीकरणका लागि पठाएको नागरिकता विधेयक गत साउन २९ गते राष्ट्रपति विद्यादेवी भण्डारीले फिर्ता गरिदिएकी थिइन्।
राष्ट्रपतिले नागरिकता विधेयक फिर्ता गर्दा संघीय संसदसमक्ष जानकारी, अध्ययन र विर्मशका लागि ७ बुँदे र ध्यानाकर्षणका भन्दै अर्को ८ बुँदे सन्देश पठाएकी थिइन्।
राष्ट्रपतिले पुनर्विचारका लागि फिर्ता गरे पनि प्रतिनिधि सभा र राष्ट्रिय सभाले विधेयकमा कुनै परिवर्तन गरेन। प्रतिनिधि सभाले भदौ २ गते राष्ट्रपतिले फिर्ता पठाएको विधेयक जस्ताको तस्तै पारित गरेको थियो।

सम्बन्धित समाचार