२०८३ बैशाख १८ गते , शुक्रबार

महिला पत्रकारका लागि १ लाख राशिको पुरस्कार घोषणा

sajilo news
परिवेश मिडिया
२०७९ भाद्र १८ गते , शनिबार
महिला पत्रकारका लागि १ लाख राशिको पुरस्कार घोषणा

बिर्तामोड । झापाली महिला पत्रकारहरुको छाता संगठन नारी सञ्चार गृहले एक लाख रुपैयाँ राशिको पत्रकारिता पुरस्कार स्थापनाको घोषणा गरेको छ । गृहले ११ औं स्थापना दिवसको अवसरमा उक्त पुरस्कार स्थापनाको घोषणा गरेको हो ।
शनिबार बिर्तामोडमा आयोजित समारोहमा संस्थाकी अध्यक्ष भीमा शिवाकोटीले दुई वर्षमा एकपटक वितरण गर्नेगरी एक जना महिला पत्रकारलाई १ लाख १ हजार १ सय रुपैयाँ नगदराशीको पत्रकारिता पुरस्कार दिइने बताइन् ।
प्रदेश १ का महिला पत्रकारलाई प्रदान गर्ने गरि ‘नारी पत्रकारिता पुरस्कार’ स्थापनाको घोषणा गरिएको हो ।
त्यस्तै गृहले दुई वर्षमा एकपटक बाँड्ने गरी २५ हजार ५ सय राशिको नारी प्रोत्साहन युवा पत्रकारिता पुरस्कार समेत स्थापना गरेको छ । यो पुरस्कार झापाली पत्रकारहरुलाई प्रदान गरिने अध्यक्ष शिवाकोटीले जानकारी दिइन् ।
गृहले स्थापना गरेको २५ लाख रुपैयाँको अक्षयकोषको ब्याजबाट पुरस्कार वितरण गरिने बताइएकोछ ।
गृहकी अध्यक्ष भिमा शिवाकोटीको अध्यक्षतामा भएको
कार्यक्रमको प्रमुख अतिथि प्रदेशका यातायात तथा सञ्चार मन्त्री उपेन्द्र घिमिरे र विशेष अतिथि नेपाल पत्रकार महासंघ प्रदेश समितिकी उपाध्यक्ष हिमा चेम्जोङ रहेकी थिइन् ।

सम्बन्धित समाचार