२०८३ बैशाख १९ गते , शनिबार
हात्तीको आक्रमणबाट झापामा एक महिलाको मृत्यु
बिर्तामोड । शुक्रबार हात्तीको आक्रमणबाट झापामा एक जना महिलाको मृत्यु भएको छ । बुद्धशान्ती-५ कि ३४ बर्षीया सम्झना श्रेष्ठको हात्तीको आक्रमणका कारण मृत्युु भएको हो ।
शुक्रबार ५:४० बजे मेचिनगर-९ थोप्लेबिरान सामुदायिक वनमा उत्तर तर्फ मे ७ प २०४६ नं. को स्कुटरमा जाँदै गरेकी श्रेष्ठलाई हात्तीले आक्रमण गरि घाइते बनाएको र उपचारको क्रममा आम्दा अस्पताल धुलाबारीमा साँझ साढे छ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
हात्तीको आक्रमणबाट केहिदिन अघि हल्दिबारीमा एक वृद्धको मृत्यु भएको थियो ।