२०८३ बैशाख १८ गते , शुक्रबार

हात्तीको आक्रमणबाट बाह्रदशीमा वृद्धको मृत्यु

sajilo news
परिवेश मिडिया
२०७९ भाद्र १४ गते , मंगलबार
हात्तीको आक्रमणबाट बाह्रदशीमा वृद्धको मृत्यु

बिर्तामोड । हात्तीको आक्रमणमा परि झापाको बाह्रदशीमा एक जना वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा बाह्रदशी-१ का ८० बर्षीय देविबहादुर अधिकारी रहेका छन ।
सोमबार बिहान १० बजे मनकामना सामुदायिक वनबाट आएको हात्तीले अधिकारीलाई आक्रमण गरेको थियो । आक्रमणबाट सख्त घाइते अधिकारीलाई उपचारको लागि घोपा धरान तर्फ लगिएकोमा बाटैमा मृत्यु भएको प्रहरीले जनाएको छ । 

सम्बन्धित समाचार