२०८३ बैशाख १८ गते , शुक्रबार
पौडी खेल्ने क्रममा मेचीमा बेपत्ता भुजेल मृत फेला
बिर्तामोड । सोमबार दिउँसो पौडी खेल्ने क्रममा मेची नदिमा बेपत्ता भएका भद्रपुरका सामुएल भुजेल मृत फेला परेका छन । सोमबार दिउँसो साढे चार बजेदेखि बेपत्ता भुजेललाई मंगलबार बिहान पौने नौ बजे मृत अवस्थामा फेला पारिएको प्रहरीले जनाएको छ ।
भद्रपुर-३ रंगिला चोक बस्ने भुपाल भुजेलका छोरा १८ बर्षीय सामुएल भद्रपुर-४ स्थित नर्सिङ बगान नजिक मेची नदिमा पौडी खेल्न गएका थिए । पौडी खेल्ने क्रममा बेपत्ता भएका भुजेललाई प्रहरी चौकी महेशपुरमा खबर प्राप्त हुना साथ प्रहरी चौकी महेशपुर र वडा प्रहरी कार्यालय भद्रपुरको प्रहरी टोलीले खोजतलास गरेको थियो । मंगलबार बिहान भुजेलको शव हराएको स्थानबाट करिब ७ किलोमिटर दक्षिण भद्रपुर-३ स्थित मेची नदिको किनारमा मृत फेला पारिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।