२०८३ बैशाख १८ गते , शुक्रबार

हात्तीको आक्रमणबाट हल्दिबारीका दुई जना घाइते

sajilo news
परिवेश मिडिया
२०७९ भाद्र ११ गते , शनिबार
हात्तीको आक्रमणबाट हल्दिबारीका दुई जना घाइते

बिर्तामोड । झापाको हल्दिवारी गाउँपालिका वडा नम्बर-२ मा जंगली हात्तीको आक्रमणबाट दुई जना घाइते भएका छन् । शनिवार (आज) विहान करिव ४ः३० बजेको समयमा मर्निङ वाकमा निस्केका फर्सी राजवंशी र उनका छोरा घाइते भएको हल्दिबारी वडा नम्बर २ का वडाध्यक्ष सुकलाल राजवंशीले जानकारी दिए।
उनीहरूको स्वास्थ्य अवस्था सामान्य रहेको हल्दिवारी प्रहरी चौकी इन्चार्ज पर्शुराम राउतले जानकारी दिए । रातको समयमा ४ वटाको संख्यामा आएका हात्तीले एउटा पसलमा पनि क्षति पुर्याएको बताइएको छ ।

सम्बन्धित समाचार