२०८३ बैशाख १८ गते , शुक्रबार
काठमाण्डौले खाली गरायो राहदानी विभागको अण्डरग्राउण्ड
काठमाण्डौ । काठमाण्डौ महानगरपालिकाले त्रिपुरेश्वरस्थित राहदानी विभागको अण्डरग्राउण्ड पार्किङ खाली गराएको छ ।
ट्राफिक व्यवस्थापनका लागि अण्डरग्राउण्ड पार्किङमा जोड दिएको महानगरको टोली शुक्रबार राहदानी विभागको अनुगमनमा गएको थियो । त्यसक्रममा बेसमेन्ट प्रतिक्षालयका रुपमा प्रयोग गरेको पाइएपछि नगर प्रहरीले कुर्सीहरु हटाएको छ । महानगरले अनाधिकृत रुपमा नक्शा पास नगरी बनाइएका संरचनासमेत धमाधम हटाइरहेको छ ।