२०८३ बैशाख १८ गते , शुक्रबार

कोशीको भंगालोमा डुबेर बालकको मृत्यु

sajilo news
परिवेश मिडिया
२०७९ भाद्र ९ गते , विहीबार
कोशीको भंगालोमा डुबेर बालकको मृत्यु

इटहरी । सुनसरीको बराहक्षेत्र नगरपालिका-९ स्थित सप्तकोशी नदीको भंगालोमा डुबेर बालकको मृत्यु भएको छ ।  हिजो दिउँसो पौने २ बजे सरस्वती मावि राजाबासमा कक्षा ६ मा अध्ययनरत बराहक्षेत्र-९ राजाबासका राज कुमार माझीको १२ बर्षीय छोरा अमर माझीको मृत्यु भएको हो ।
विद्यालयमा टिफिनको समयमा सप्तकोशी नदीको भंगालोमा पौडी खेल्ने क्रममा पानीमा डुवेको अबस्थामा स्थानीयले फेला पारेको र  उद्दार गरी उपचारको लागि नगर अस्पताल  चक्रघट्टी लगिएकोमा उनको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । घटनाका सम्बन्धमा इलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट थप अनुसन्धान भईरहेको छ ।

सम्बन्धित समाचार