२०८३ बैशाख १८ गते , शुक्रबार
कनकाई नहरमा डुबेर एक जनाको मृत्यु
बिर्तामोड । झापाको शिवसताक्षी-१० दोमुखा स्थित कनकाई सिचाई आयोजनाको नहरमा डुबेर एक जनाको मृत्यु भएको छ । स्थानीय २४ बर्षीय शिव जोगीको मृत्यु भएको हो ।
दुई जना साथिहरुसँग बुधबार ११:४५ बजे पौडी खेल्न गएका जोगी अरु साथीभन्दा अगाडी पौडी खेल्न पसेका थिए । डुबेको खबर पाउना साथ घटनास्थल पुगेको इलाका प्रहरी कार्यालय झिलझिलेको टोलीले उक्त स्थानभन्दा १.५ किलोमिटर दक्षिणमा नहरको जालीमा जोगीलाई मृत फेला पारेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।