२०८३ बैशाख १८ गते , शुक्रबार

युवाहरुमा सबथोक छ, आशा छैन : राम कार्की

sajilo news
परिवेश मिडिया
२०७९ भाद्र १ गते , बुधबार
युवाहरुमा सबथोक छ, आशा छैन : राम कार्की

बिर्तामोड । अहिलेको युवाहरुमा सबथोक भएपनि आशा नभएको नेकपा माओवादी केन्द्रका पोलिटब्युरो सदस्य तथा १ नम्बर प्रदेश इन्चार्ज राम कार्कीले बताएका छन । प्रेस सेन्टर नेपाल झापाले आयोजना गरेको डी. कौडिन्य स्मृति पत्रकारिता पुरस्कार वितरण कार्यक्रममा बोल्दै नेता कार्कीले त्यस्तो बताएका हुन ।  
नेता कार्कीले मानिस एकै पटकमा र सबै कुरामा सफल हुन्छ भन्ने नभएको तर आशा कायम राख्नु पर्ने बताए ।
कार्यक्रमका प्रमुख अतिथि रहेका कार्कीले समाज बदल्न सकिन्छ भन्ने कुरासँग डी. कौडिन्यको गहिरो प्रेम भएको बताए । क्रान्तिसँग प्रेम भएको मान्छेलाई जेल, जंगल, मृत्यु सबै स्वीकार्य हुने र त्यो कौडिन्यले स्वीकार गरेको उनको भनाई छ ।
क्रान्तिदेखि आजसम्म जे गरियो ठिक गरिएको भन्दै नेता कार्कीले कसैलाई निराश नहुन आग्रह गरे ।
शक्तिशाली कुरा कलम र बौद्धिकता भएको बताएका नेता कार्कीले समाजलाई लामो समय सहि बाटोमा हिडाँउन सबै भन्दा शक्तिशाली बिचार कलमद्वारा लेखिनेधारणा ब्यक्त गरे । उनले संचारकर्मीलाई पर्यावरण, शोषण र बहुमतको बारेमा लेख्न आग्रह गरे । नेताहरुले बिलासी जीवन बिताउन खोजेकाले युवाहरुमा आशा हराएको कार्कीको भनाई छ । उनले नेताहरुले अल्पसंख्यकले जस्तो जीवन बाँच्ने हो भने सबै ठिक हुने धराणा ब्यक्त गरे। 

सम्बन्धित समाचार