बसको ठक्करबाट घाइते स्कुटर चालकको मृत्यु
बिर्तामोड । बसको ठक्करबाट सख्त घाइते स्कुटर चालकको बुधबार मृत्यु भएको छ । साउन २७ गते दमक-४ स्थित पूर्व पश्चिम राजमार्गको चिया दोकानमा बसको ठक्करबाट घाइते भएका स्थानीय ६८ बर्षीय रामजुलुम नायकको उपचारको क्रममा निधन भएको हो ।
पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको ना.८ ख.३३३३ नम्बरको ट्रकले दक्षिण बाट उत्तर तर्फ बाटो क्रस गर्दै गरेको प्रदेश नं. १-०४-००१ प.२४५५ नम्बरको स्कुटरलाई ठक्करदिँदा नायक घाइते भएका थिए । नायकलाई निम्स अस्पताल दमकमा सामान्य उपचार पश्चात बिराट नर्सिङ होम बिराटनगर लगिएको थियो । उनको बुधबार १० बजे उपचारको क्रममा निधन भएको प्रहरीले जनाएको छ ।
ट्रक चालक जिल्ला झापा अर्जुनधारा नगरपालिका वडा नं.५ बस्ने बर्ष ३८ को मात्रिका दनुवार र दुबै सवारी साधनहरु इलाका प्रहरी कार्यालय दमकको नियन्त्रणमा रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।