२०८३ बैशाख १८ गते , शुक्रबार

कनकाईको पहिलो अखबार 'कनकाई साप्ताहिक' आठौँ बर्षमा प्रवेश

sajilo news
परिवेश मिडिया
२०७९ श्रावण २९ गते , आईतबार
कनकाईको पहिलो अखबार 'कनकाई साप्ताहिक' आठौँ बर्षमा प्रवेश

कनकाई । झापाको कनकाई नगरपालिकाबाट प्रकाशित पहिलो अखबार 'कनकाई साप्ताहिक' आठौँ वर्षमा प्रवेश गरेको छ ।
आठौँ वर्ष प्रवेशको अवसरमा कनकाई साप्ताहिकलाई आगामी दिनमा अझ परिस्कृत र युग सुहाउँदो बनाउँदै लैजाने सम्पादक/प्रकाशक लीलाराज खड्का (झापाली)ले उल्लेख गरेका छन् ।
हरेक हप्ताको आइतबार प्रकाशन हुँदै आएको कनकाई साप्ताहिकले स्थानीय गतिविधि र विकास पत्रकारितालाई जोड दिँदै आइरहेको छ । सो पत्रिका प्रेस काउन्सिलबाट 'ख' वर्गको वर्गीकरणमा परेको सम्पादक/प्रकाशक झापालीले उल्लेख गरेका छन् ।
पत्रिका आठ वर्षमा प्रवेश गरेको अवसरमा सम्पादक/प्रकाशक झापालीले आगामी दिनमा समेत सबै क्षेत्रबाट यस्तै साथ र सहयोगको अपेक्षा गर्दै पाठक, शुभेछुक तथा बिज्ञापनदाताहरुलाई धन्यवाद दिएका छन । कनकाई साप्ताहिकको अनलाइन संस्करण कनकाई अनलाइन समेत निरन्तर सञ्चालनमा छ ।

सम्बन्धित समाचार