२०८३ बैशाख १८ गते , शुक्रबार

पेचिलो बन्दै बिर्तामोडको फोहोर व्यवस्थापन

आफ्नै ल्याण्डफिल साइट खरिद गर्नुपर्नेमा वडाध्यक्षहरुको जोड

sajilo news
परिवेश मिडिया
२०७९ श्रावण २९ गते , आईतबार
पेचिलो बन्दै बिर्तामोडको फोहोर व्यवस्थापन

बिर्तामोड बिर्तामोड नगरक्षेत्रभित्र उत्सर्जन हुने फोहोरको उचित व्यवस्थापन नहुँदा शहर कुरुप एवम् दुर्गन्धित बन्दै गएको बढ्दो जनघनत्व शहरीकरणका कारण दैनिक फोहोर उत्पादन हुने क्रमसमेत बढ्दो बिर्तामोडले फोहोर व्यवस्थापनका लागि स्थायी समाधान खोज्न नसक्दा यहाँको फोहोर व्यवस्थापनको बिषय पेचिलो बन्दै गएको हो

गत बर्ष नगरपालिकाले तीन बर्षका लागि यहाँको फोहोर संकलनको जिम्मा कागेश्वरी मनहराको निजी कम्पनी निराकार सरसफाई सेवा प्रालिलाई दिएको भएपनि ल्याण्डफिल साइट पालिकाले नै खोज्ने सम्झौता भएको छ । फोहोर विसर्जन गर्ने निश्चित ठाउँ नहुँदा कहिले नगरपालिका परिसरमा, कहिले राजमार्ग आसपास कहिले व्यक्तिको निजी जग्गामा फोहोर गाड्दै आएको बिर्तामोड नगरपालिकाले पछिल्लो एक बर्षयता कनकाईमा रहेको व्यक्तिको निजी जमिनमा फोहोर फ्याँक्दै आएको थियो तर, गत असार मसान्तमा उक्त सम्झौता सकिएपछि बिर्तामोडको फोहोर यत्रतत्र छरिएको बिचमा फोहोर व्यवस्थापनका लागि बिर्तामोडले पहल गरेपनि भद्रभलाद्मीहरुले त्यसको विरोध गरेको पालिका प्रमुख पवित्रा महताराले सार्वजनिकरुपमा नै गुनासो गर्दै आएकी छिन् स्थानीय सरकार गठन भएको पाँच बर्षे कार्यकाल सकिँदा समेत फोहोर व्यवस्थापनको स्थायी समाधान नखोजिँदा स्थानीय सरकार आलोचित बन्दै आएको

पालिकाले आइतबार पुनः व्यक्तिको निजी जग्गामा फोहोर बिसर्जन गर्ने निर्णय गरेको पालिकामा बसेको सर्बदलीय बैठकले तत्कालका लागि वडा नम्बर स्थित हर्चनामा रहेको सुरेन्द्र नेपालको निजी जग्गामा फोहोर व्यवस्थापन गर्ने निर्णय गरेको

नगरप्रमुख महताराको अध्यक्षतामा बसेको सर्वदलीय बैठकले नेपालको जग्गामा खाल्डो खनेर व्यवस्थितरुपमा फोहोर व्यवस्थापन गर्ने निर्णय गरेको हो बैठकले उक्त जग्गामा फोहोर व्यवस्थापनका लागि सबै राजनीतिक दल, स्थानीयवासी तथा सरोकारवालाहरुले आवश्यक सहयोग समन्वय गर्ने निर्णय गरेको बैठकले फोहोर विसर्जन स्थलसम्म जाने सडक स्तरोन्नती गर्ने, तटबन्धन गर्ने सडक बत्ती जडानका लागि नगरपालिकाले आवश्यक बजेट विनियोजन गर्न सिफारिस गर्ने समेत निर्णय गरेको प्रेस संयोजक रमेश तिवारीले जानकारी दिए

त्यस्तै वैठकले वडा नम्बर मा रहेको सुन्दर निचाझोडा वन क्षेत्रमा रहेको खाली जग्गामा समेत वृक्षारोपण गरी फोहोर व्यवस्थापन गर्न सम्भाव्यता अध्ययन गर्न नगरपालिकालाई सिफारिस गर्ने निर्णय गरेको बैठकले बिर्तामोडको फोहोर व्यवस्थापनको दिगो प्रभावकारी व्यवस्थापनका लागि नगरपालिकाले उपयुक्त स्थानमा आवश्यक जग्गा खोजी तथा प्राप्ति गर्ने कार्य अगाडी बढाउने निर्णय गरेको

त्यस्तै बैठकले फोहोरलाई कुहिने नकुहिने अलग अलग बर्गीकरण गर्न सबै घर परिवार तथा व्यवसायिक संस्थाहरुलाई आव्हान गरी बर्गीकरण नभएको फोहोर संकलन नगर्ने गरी कार्ययोजना बनाएर लागू गर्ने, फोहोर संकलन, ढुवानी विर्सजन गर्ने कार्यमा अवरोध पुर्याउने, क्षति गर्ने जस्ता अराजक क्रियाकलापहरु भए त्यस्ता व्यक्ति तथा समुहहरुलाई स्थानीय प्रशासनमार्फत बल समेत प्रयोग गरि फोहोर व्यवस्थापन गर्ने फोहोर व्यवस्थापनका लागि नगर उपप्रमुख नगेन्द्रप्रसाद संग्रौलाको संयोजकत्वमा गठन भएको समितिमा सबै राजनीतिक दलका प्रमुख वा प्रतिनिधिहरु समेतको प्रतिनिधित्व हुनेगरी पुनर्गठन गर्ने निर्णय गरेको प्रेस संयोजक तिवारीले जानकारी दिए

आफ्नै ल्याण्डफिल्ड साइट खरिद गर्नुपर्नेमा वडाध्यक्षहरुको जोड

कनकाई नगरपालिका सुकेडाँगीमा निर्माण भएको कनकाईबिर्ताअर्जुन नविकरणीय उर्जा प्रालिलाई पैसा दिएर यहाँ उत्सर्जन भएको फोहोर व्यवस्थापन गर्ने पालिकाको योजना विवादित बन्दै गएको यस अघिको सरकारले करोड रुपैँया दिने भनेपनि कम्पनीको कम्पाउण्ड वाल निर्माणका लागि १५ लाख रुपैँया दिएको स्रोतले बताएको बिर्तामोडका नेताहरुको समेत लगानी रहेको उक्त कम्पनीमा करिब दुई करोड रुपैँया दिनलाई बिर्तामोड नगरपालिकाले प्रक्रिया अगाडी बढाएपछि केहि वडाध्यक्षहरुले त्यसको बिरोध गरेका छन् केहि दिन अघि पालिकाले निर्णय लेखेर वडाध्यक्षहरुलाई हस्ताक्षर गराएपछि त्यसमा पाँच जना वडाध्यक्षहरुले विरोध गरेको स्रोतले बताएको उनीहरुले निजी कम्पनीलाई त्यत्रो रकम दिनुको साटो क्रमागत बजेट बिनियोजन गरेर आफ्नै ल्याण्डफिल साइट खरिद गर्नुपर्ने बताउँदै आएका छन्

आइतबार सम्पन्न बैठकमा समेत उक्त कम्पनीको बिषयमा छलफल भएपनि निर्णय नभएको बैठकमा सहभागी एक वडाध्यक्षले बताए यता नगरपालिकाले भने उक्त कम्पनीलाई रकम निकासाका लागि मन्त्रालयमा स्वीकृतीको प्रक्रिया अगाडी बढाएको बुझिएको

सम्बन्धित समाचार