२०८३ बैशाख १८ गते , शुक्रबार
सताक्षी खोलामा दुई बालबालिकाको शव भेटियो
बिर्तामोड । झापाको शिवसताक्षीस्थित सताक्षी खोलामा डुबेको अवस्थामा दुई जना बालबालिकाको शव फेला परेको छ । शिवसताक्षी-९ आइतबारेको सुस्मा सुन्दासकी ११ बर्षीया छोरी एन्जिला सुन्दास र सोही स्थानका ध्रुव राइको छोरा १२ बर्षीय सिकुम राइको शव फेला परेको हो ।
बिहीबार बेलुका ४ बजे पौडी खेल्न भनेर हिडेका उनीहरु अबेरसम्म नआएपछी खोजतलास गर्दा कनकाई सिँचाई नहरको डिलमा उनीहरुको कपडा र चप्पल फेला परेको थियो ।
इलाका प्रहरी कार्यालय झिलझिले र अस्थाई प्रहरी पोष्ट माईधारबाट गएको प्रहरी टोली र स्थानीयबासीले राती ९:१५ बजे कपडा फेला परेको स्थानभन्दा करिब ४ किलोमिटर पश्चिम शिवसताक्षी-७ स्थित सताक्षी खोलामा डुबेको अवस्थामा उनीहरुको शव फेला पारेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।