२०८३ बैशाख १८ गते , शुक्रबार

बसको ठक्करबाट काकरभिट्टामा एक जनाको मृत्यु

sajilo news
परिवेश मिडिया
२०७९ श्रावण २६ गते , विहीबार
बसको ठक्करबाट काकरभिट्टामा एक जनाको मृत्यु

बिर्तामोड । झापाको मेचीनगर नगरपालिका-६ स्थित पूर्व पश्चिम राजमार्गस्थित ट्राफिक पोष्ट छेउमा बसको ठक्करबाट पैदल यात्रीको मृत्यु भएको छ ।
बिहीवार पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको बाग्मती प्रदेश ३–००१ ख १६०२ नम्बरको यात्रु  बाहक बसले बाटो काट्दै गरेका स्थानीय ४० बर्षीय चेतनाथ फुयाललाई ठक्कर दिएको थियो । ठक्करबाट सख्त घाईते भएका फुयाललाई  
तत्काल उपचारको लागि बिएण्डसी अस्पताल बिर्तामोड लगिएकोमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
बस र चालक झापा गौरिगन्ज गाउँपालिका वडा नम्बर ४ बस्ने वर्ष २४ को प्रकाश कार्की इलाका प्रहरी कार्यालय काकरभिट्टाको नियन्त्रणमा लिएर थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित समाचार