महिला उद्यमी संघमा तिलोत्तमा खत्री
बिर्तामोड । बिर्तामोड उद्योग वाणिज्य संघ अन्तर्गतको महिला उद्यमी संघको अध्यक्षमा तिलोत्तमा खत्री चयन भएकी छिन । वुधबार बिर्तामोड वाणिज्य संघको हलमा भएको उद्यमीहरुको भेलाले खत्रीलाई सर्वसम्मत अध्यक्षमा चयन गरेको हो ।
भेलाले खत्रीको अध्यक्षतामा ३३ सदस्यीय समिति गठन गरेको छ । समितिको बरिष्ठ उपाध्यक्षमा यशोदा उप्रेती, उपाध्यक्षहरु संगीता साह र कामना उप्रेती चयन भएका छन् । महासचिवमा कमला पौडेल, कोषाध्यक्ष शिला चुडाल, सह–कोषाध्यक्ष पुनम चौधरी र सहसचिवमा रेनुका महतो चयन भएका छन् ।
अन्य सदस्यहरु करुणा गजमेर, गीता खतिवडा, पुनम अधिकारी, अप्सरा खड्का, रोजिला संग्रौला, सिम्रन ओली, इन्दिरा भण्डारी विमली, गोमा दंगाल, रीता कोइराला, गोमा पोखरेल, सीता घिमिरे, एन्जिला मैनाली, निरुजा खतिवडा, रीता किवाकोटी, कविता पोख्रेल, सोनी अग्रवाल, मीना रसाइली, चुना बास्कोटा, कमला बराइली, पिन्सकला अधिकारी, सुनिता बास्तोला, भावना श्रेष्ठ, बिना मैनाली पाठक, उमा साह र आशा ढकाल चयन भएका छन् ।