२०८३ बैशाख १८ गते , शुक्रबार

लाइसेन्स छपाई अब प्रदेश कार्यालयबाट, सहचालकलाई पनि लाइसेन्स

sajilo news
परिवेश मिडिया
२०७९ श्रावण २५ गते , बुधबार
लाइसेन्स छपाई अब प्रदेश कार्यालयबाट, सहचालकलाई पनि लाइसेन्स

काठमाण्डौ सात वटै प्रदेशहरु सार्वजनिक सवारीका सहचालक (परिचालक) लाई पनि लाइसेन्स दिने व्यवस्था लागू गर्न तयार भएका छन्

भौतिक पूर्वाधार तथा यातायातमन्त्री मोहम्मद इस्तियाक राईको अध्यक्षतामा सात वटै प्रदेशका यातायात मन्त्रीहरुको यातायातस्तरीय अन्तरतह समन्वय बैठकमा परिचालक अनुमतिपत्रको व्यवस्था गरी क्रमशः कार्यान्वयन गर्ने सहमति भएको हो

अहिले चालकलाई मात्रै अनुमतिपत्र मात्रै दिने व्यवस्था यसले गर्दा परिचालकहरुले सवारीमा काम गर्ने भएपनि सवारी चलाउनै नपाउने अवस्था

कतिपय अवस्थामा परिचालहरुले चलाएको सवारी दुर्घटना हुने गरेका छन् अब परिचालक बन्न समेत न्यूनतम् योग्यता पूरा गर्नुपर्ने गरी अनुमतिपत्रको व्यवस्था गर्न छलफल भएको हो

सबै कुरा टुंगिएका छैनन्, तर परिचालकलाई पनि अनुमतिपत्र दिनुपर्छ भन्नेमा मन्त्रीज्यूहरु एकमत हुनुभएको यातायात मनत्रालय स्रोतले भन्यो सवारी परिचालक अनुमतिपत्रका लागि प्रदेश सरकारहरुले पनि छुट्टै कानुनी प्रवन्ध गर्नुपर्ने

लाइसेन्स छपाई अब प्रदेश कार्यालयबाटै

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय सबै प्रदेशहरुलाई स्मार्ट सवारी चालक अनुमतिपत्र (लाइसेन्स) छाप्न दिन तयार भएको

भौतिक पूर्वाधार तथा यातायातमन्त्री राईको अध्यक्षतमा सातवटै प्रदेशका यातायात मन्त्रीहरुको यातायातको अन्तरतह समन्वय बैठकमा स्मार्ट लाइसेन्स छपाइका लागि संघ सरकारले मेसिन उपलब्ध गराउने निर्णय गरेको

प्रदेशस्थित सम्बन्धित यातायात कार्यालयहरुबाट नै लाइसेन्स छपाइ गर्ने निर्णय भएको हो अहिले यातायात व्यवस्था विभागले मात्रै लाइसेन्स छपाइ गर्छ यसका कारण देशभर लाइसेन्स परीक्षा पास भएकाहरुले दुई वर्षसम्म लाइसेन्स नपाउने अवस्था बनेको

यो समस्या समाधानका लागि भएको बैठकमा सबै प्रदेशहरु आफ्नै कार्यालयहरुबाट लाइसेन्स छपाइको व्यवस्थामा लागि तयार भएको यातायात मन्त्रालयका एक अधिकारीले बताए

यस्तै ट्रायल पास भएकै दिनमा परीक्षणकालीन लाइसेन्स जारी गर्न प्रदेशका यातायातमन्त्रीहरु सहमत भएका छन्

मन्त्री मोहम्मद इस्तियाक राईले यसअघि नै स्मार्ट ड्राइभिङ लाइसेन्सको समस्या समाधानका लागि सुदूरपश्चिम कर्णालीमा एक, गण्डकी लुम्बीनीमा दुई प्रदेश मधेश प्रदेश लगायतका सबै प्रदेशमा एक-एक स्थानमा गरी स्मार्ट लाइसेन्स छपाइ गर्ने बताएका थिए

उनले दुई-तीन वर्षदेखि आवेदन दिएर स्मार्ट ड्राइभिङ लाइसेन्स कुरेर बस्ने सबैलाई ड्राइभिङ अनुमतिपत्र परीक्षामा पास भएको दिन वा दोस्रो दिन नै स्मार्ट लाइसेन्स पाउने व्यवस्था गरिने बताएका थिए

मन्त्री राईले स्मार्ट ड्राइभिङ लाइसेन्स सक्कली वा नक्कली लाइसेन्सलाई रिडिङ गर्ने मेसिन प्रत्येक ट्राफिक प्रहरीको हातमा उपलब्ध गराउने ट्राफिक जरिवाना अनलाइनबाटै तिर्न मिल्ने व्यवस्था कार्यान्वयनमा ल्याउने पनि बताएका छन्

 

सम्बन्धित समाचार