२०८३ बैशाख १८ गते , शुक्रबार

अवैध सामानसहित गाडी र मानिस पक्राउ

sajilo news
परिवेश मिडिया
२०७९ श्रावण २२ गते , आईतबार
अवैध सामानसहित गाडी र मानिस पक्राउ

प्रहरीले झापाको कचनकवल-४ स्थित नेपाल भारत सिमानाको दशगजा क्षेत्रमा नेपालबाट अवैध सामानसहित गाडी र मानिस पक्राउ गरेको छ । शनिबार ४ बजे प्रहरीले ७ लाख ७८ हजार ६०० मूल्य बराबरको सामान नियन्त्रणमा लिएको हो ।
प्रहरीले को १ च ६२३४ नं. को पिकअपसहित २६ कार्टुन बियर (९ कार्टुन गोर्खा बियर र १७ कार्टुन अर्ना बियर),  साईन फिटो (कोक) १ कार्टुन, स्प्राईट ३ बण्डल (१.५ लि.) र कोकाकोला २ बण्डल (१.५ लि.) पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । सामान सहित पिकअप चालक देउमाई नगरपालिका वडा नं.२ इलाम बस्ने बर्ष २३ को कपिल मगरलाई पक्राउ गरेको जिप्रका झापाका प्रवक्ता वसन्त पाठकले जानकारी दिए । ईप्रका केचनाबाट खटिएको प्रहरी टोली र सशस्त्र प्रहरी बल बिओपी केचनाबाट खटिएको सशस्त्र प्रहरी टोलीले आवस्यक कारबाहीको लागि आइतबार भन्सार कार्यालय भद्रपुरमा बुझाइएको प्रहरीले जनाएको छ । 

सम्बन्धित समाचार