माओवादी अध्यक्ष प्रचण्ड जापान पुगे
काठमाण्डौ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ जापान पुगेका छन् ।
राजधानी टोकियोस्थित नारिता अन्तर्राष्ट्रिय विमानस्थलमा उनलाई जापानका लागि नेपाली राजदूत दुर्गाबहादुर सुवेदीले स्वागत गरेका छन् ।
पाँचदिने भ्रमणका लागि सचिवालय टोलीसहित प्रचण्ड राष्ट्रिय ध्वजावाहक नेपाल एयरलाइन्सको विमानबाट शुक्रबार राति जापान प्रस्थान गरेका थिए ।
प्रचण्डले आज जापानको फुकुओकामा आयोजना हुने नेपाल फेस्टिभलको उद्घाटन गर्ने कार्यक्रम रहेको छ । आज अगस्ट ६ (शनिबार) मा हिरोसिमा घटना भएको ७५ बर्ष पूरा हुन्छ ।
आइतबार प्रचण्डले हिरोसिमाको भ्रमण गर्ने छन्। भने सोही दिन नेपाली जनप्रगतिशिल मञ्च जापानको आयोजनामा टोकियोमा हुने नेपाली समुदायहरुबीच ‘समृद्ध नेपालको आधार, आर्थिक क्रान्तिमा प्रवासी नेपालीको सरोकार’ विषयको खुला अन्तरक्रिया कार्यक्रममा प्रमुख अतिथिको रुपमा सहभागी हुनेछन् ।
प्रचण्डको सचिवालयका अनुसार उनी साउन २५ गते स्वदेश फर्कने कार्यक्रम रहेको छ ।