२०८३ बैशाख १८ गते , शुक्रबार

बिर्तामोडमा यूनियनको अभिकर्ता सम्मान तथा क्षमता अभिवृद्धि कार्यक्रम सम्पन्न

sajilo news
परिवेश मिडिया
२०७९ श्रावण १५ गते , आईतबार
बिर्तामोडमा यूनियनको अभिकर्ता सम्मान तथा क्षमता अभिवृद्धि कार्यक्रम सम्पन्न

बिर्तामोड नयाँ आर्थिक बर्ष शुरु भएसँगै यूनियन लाईफ इन्स्योरेन्स कम्पनीको अभिकर्ता सम्मान तथा क्षमता अभिवृद्धि कार्यक्रम आइतबार बिर्तामोडमा सम्पन्न भएको यूनियनमा आवद्ध भइ प्रदेश मा क्रियाशिल यूनियन लाइफ स्टार एजेन्सी टिमले अभिकर्ताहरुको क्षमता विकास साथै सम्मान गरेको हो

बिर्तामोडस्थित सिद्धार्थ होटल ग्राण्ड सिटीमा आयोजित कार्यक्रममा गत आर्थिक बर्षमा उत्कृष्ट व्यवसाय गर्न सफल दर्जनबढी अभिकर्ताहरुलाई सम्मान गरिएको टिमका संयोजक तथा यूनियन लाईफ इन्स्योरेन्स कम्पनीका सिनियर एजेन्सी मेनेजर खिवराज दाहालले जानकारी दिए टिमले पहिलो पटक असार महिनामा सञ्चालन गरेको उत्कृष्ट व्यवसायको आधारमा १९ जना हिरो अफ डे बन्न सफल एजेन्सी मेनेजरहरुलाई सम्मान पत्रले सम्मानित गरेको थियो त्यस्तै हिरो अफ विक बन्न सफल एजेन्सी मेनेजरद्वय मिलन कोइराला तिर्थप्रसाद दाहाल हिरो अफ मन्थ बन्न सफल एजेन्सी मेनेजर सागर रिजाललाई ट्रफी तथा सम्मान पत्रले सम्मानित गरेको कम्पनीका बिर्तामोड शाखा प्रमुख बद्रीप्रसाद भण्डारीले जानकारी दिए

टिममा २५ लाख बढी व्यवसाय गर्न सफल कोपिला चौहान, सागर रिजाल, शिव खनाल मेनुका तिवारी सम्मानित भएका थिए त्यस्तै पचास लाख बढी व्यवसाय गर्ने एजेन्सी मेनेजर राजु पाठक, ७५ लाख बढी व्यवसाय गर्न सफल एजेन्सी मेनेजरद्वय सार्जन पाहिम दिपक तुम्बापो साथै एक करोड बढी व्यवसाय गर्न सफल सिनियर एजेन्सी मेनेजर पुष्प खड्कालाई कम्पनीका सिनियर एजेन्सी मेनेजर तथा टिम लिडर खिवराज दाहालले सम्मानित गरेको शाखा प्रमुख भण्डारीले बताए । असार महिनामा प्रदेश १ मै उत्कृष्ट ब्यवसाय गर्न सफल बिर्तामोड शाखाका शाखा प्रमुख बद्री भण्डारीलाई समेत कार्यक्रममा सम्मान गरिएको थियो ।

सहभागी अभिकर्ताहरुलाई विमा किन कसरी गर्ने भन्ने बिषयमा टिम लिडर दाहालले प्रशिक्षण दिएका थिए

कार्यक्रमका प्रमुख अतिथी बिर्तामोड नगरपालिकाका प्रमुख पवित्रा महतरा प्रसाईले जीवन विमा अत्यन्त आवश्यक भएको बताउँदै पालिकाले अति विपन्न नागरिकको निशुल्क विमा गर्ने निर्णय गरेको बताइन उनले विमा नागरिकको रक्षावरणका लागि आवश्यक भएको बताउँदै नगरबासीलाई विमाको पहुँचमा ल्याउन आवश्यक सहयोग गर्ने बताइन्

कार्यक्रममा एम्नेष्टि इन्टरनेशनलका पूर्व राष्ट्रिय अध्यक्ष तथा शिक्षासेवी हेमकुमार खड्का लगायत यूनियन लाइफका विभिन्न शाखामा कार्यरत प्रमुखहरुका साथै दर्जनौँ अभिकर्ताहरुको सहभागिता रहेको थियो कार्यक्रम सञ्चारकर्मी तथा एजेन्सी मेनेजर रञ्जित प्रसाईले सञ्चालन गरेका थिए

 

सम्बन्धित समाचार