२०८३ बैशाख १८ गते , शुक्रबार
झापामा भारी वर्षा, तटीय क्षेत्रमा सचेत रहन आग्रह
बिर्तामोड । शुक्रबार बिहान २ बजेदेखि झापा र आसपासको क्षेत्रमा भारी वर्षा भइरहेको छ । भारी बर्षाका कारण नदि किनार तथा डुबान हुने क्षेत्रका बासिन्दालाई सचेत रहन जल तथा मौसम विज्ञान विभागले आग्रह गरेको छ ।
विभागले एसएमएसमार्फत ती क्षेत्रका बासिन्दालाई सचेत रहन आग्रह गरेको हो । 'झापाको शनिश्चरे, चन्द्रगढी, केचना र इलाम, झापाको सीमा आसपास केही स्थानमा पछिल्लो ३ घण्टामा अति भारी वर्षा भएको, मेची विरिङ, निन्दा, अदुवाखोला लगायत साना खोलामा बाढीको जोखिम; तटीय डुबान भइरहने होचा भूभागमा दिउँसोसम्म उच्च सतर्कता अपनाऔँ,' एसएमएसमा उल्लेख छ ।