२०८३ बैशाख १८ गते , शुक्रबार

भद्रपुरमा माछा मार्ने क्रममा करेण्ट लागेर एक जनाको मृत्यु

sajilo news
परिवेश मिडिया
२०७९ श्रावण १२ गते , विहीबार
भद्रपुरमा माछा मार्ने क्रममा करेण्ट लागेर एक जनाको मृत्यु

बिर्तामोड । झापाको भद्रपुरमा माछा मार्ने क्रममा करेण्ट लागेर एक जनाको मृत्यु भएको छ । भद्रपुर-४ आमडागीस्थित इलाम टि-प्रोड्युसर प्रा.लि.को निर्माणाधीन भवन नजिकै रहेको खोल्सीमा माछा मार्ने क्रममा करेण्ट लागेर भद्रपुर-७ का ४० बर्षीय भोटलाल गणेश राजवंशीको मृत्यु भएको हो ।
बिहीबार ४:३० बजे चिया फ्याक्ट्रीको भवन बनाउने कामदार रहेका राजवंशी माछा मार्न प्रयोग गरेको करेण्ट लागेर घाइते भएका थिए । उनलाई उपचारका लागि मेची अस्पताल लगिएकोमा डाक्टरले मृत घोषित गरेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता डिएसपी वसन्त पाठकले जानकारी दिए ।  घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

सम्बन्धित समाचार