२०८३ बैशाख १८ गते , शुक्रबार

अमेरिकी सहायक विदेशमन्त्री लु आज आउँदै

sajilo news
परिवेश मिडिया
२०७९ श्रावण १२ गते , विहीबार
अमेरिकी सहायक विदेशमन्त्री लु आज आउँदै

काठमाण्डौ चिनियाँ कम्युनिस्ट पार्टीको अन्तर्राष्ट्रिय समन्वय विभाग प्रमुख लिउ जियान्चाओ नेपाल भ्रमणबाट फर्केको दुई साता नबित्दै अमेरिकी उच्च अधिकारी काठमाण्डौ आउँदैछन् अमेरिकाको दक्षिण तथा मध्य एसियाली मामिलासम्बन्धी सहायक विदेशमन्त्री डोनाल्ड लु आज काठमाण्डौ आउन लागेका हुन् प्रधानमन्त्री शेरबहादुर देउवाको साउन पहिलो साताका लागि तय अमेरिका भ्रमण रोकिएका वेला लु नेपाल आउन लागेका छन्

एमसिसी पारित हुनुअघि कूटनीतिक गृहकार्यमा सक्रिय रहेका लु नेपालले स्टेट पार्टनरसिप प्रोग्राम (एसपिपी) नेपालले अस्वीकार गर्ने निर्णय गरेको एक महिनापछि नेपाल आउन लागेका हुन् लुले प्रधानमन्त्री देउवा परराष्ट्रमन्त्री डा. नारायण खड्कासँग शुक्रबार भेटवार्ता गर्ने कार्यक्रम कार्यक्रम अस्वीकारबारे अमेरिकालाई पत्राचार गर्न सरकारमाथि दबाब बढेको

सहायक विदेशमन्त्री लुको भ्रमणछोटो तर नियमित औपचारिक रहेको अमेरिकी कूटनीतिक स्रोतले बताएको सहायक विदेशमन्त्री लु बिहीबार आउनुहुन्छ शुक्रबार शीर्ष नेतासँग भेटघाट गरेर फर्किनुहुन्छ, अमेरिकी कूटनीतिक स्रोतले नयाँ पत्रिकासँग भन्यो, ‘दुई दिनको भ्रमण छोटो भए पनि नियमित प्रकारको हो सबै भेटवार्ता शुक्रबार हुन्छ यसअघि, मानव अधिकार तिब्बती मामिला हेर्ने अमेरिकी उपविदेशमन्त्री उज्रा जियाले जेठमा नेपाल भ्रमण गरेकी थिइन् तर, परराष्ट्र मन्त्रालयले उनको भ्रमण पुष्टि गर्न अस्वीकार गरेको परराष्ट्र मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले अमेरिकी सहायक मन्त्रीको भ्रमणबारे आफूले बताउन नसक्ने जवाफ दिइन् सरकारले एसपिपी अस्वीकार गर्ने निर्णय गरेपछि सहायक विदेशमन्त्री लुको भ्रमण हुँदैछ

नेपालले असारमा एसपिपी अस्वीकार गर्ने निर्णय गरेपछि उनी आउन लागेका हुन् नेपाल सरकारले असारमा एसपिपी अघि नबढाउने निर्णय गरे पनि यसबारे अमेरिकालाई औपचारिक रूपमा जानकारी दिएको छैन उनको भ्रमण यही सेरोफेरोमा हुन लागेको एसपिपी नेपालले अघि नबढाउने निर्णय गरे पनि नेपाल आउन लागेका उनी नै उपल्लो अमेरिकी अधिकारी हुन्

अमेरिकी सहायताको एमसिसी परियोजना संसद्बाट पारित हुनुभन्दा पहिले आठ महिनाअघि (०७८ मंसिर पहिलो साता) उनले नेपालको भ्रमण गरेका थिए त्यसवेला २७ माघमा अमेरिकाबाटै टेलिफोन गरेर उनले शीर्ष नेताहरूलाई एमसिसी पारित गर्न दबाब दिएका थिए उनले १६ फागुनसम्मको समयसीमामा एमसिसी पारित नभए त्यसको असर द्विपक्षीय सम्बन्धमा पर्न सक्ने कूटनीतिक चेतावनी दिएका थिए नेपालको संसद्बाट १५ फागुनमा एमसिसी पारित भएको थियो एमसिसी पारित भएपछि नेपालमा अमेरिकी अधिकारीको भ्रमण बाक्लिएका वेला लु आउन लागेका हुन्

लु आउनुअघि चिनियाँ कम्युनिस्ट पार्टीको विदेश समन्वय विभाग प्रमुख लिउ जियान्चाओको नेपाल भ्रमण भएको लिउले नेपाल भ्रमण गरेको दुई साताभित्रै अमेरिकी उच्च अधिकारी आउन लागेका हुन् लिउले २६ देखि २९ असारमा नेपालको औपचारिक भ्रमण गरेका थिए लुअघि मानव अधिकार तथा तिब्बती मामिला हेर्ने अमेरिकी अमेरिकी उपविदेश मन्त्री उज्रा जियाले जेठ पहिलो साता नेपाल भ्रमण गरेकी थिइन्

अमेरिकी उपविदेशमन्त्री जियाभन्दा अघि चैतमा चिनियाँ विदेशमन्त्री एवं स्टेट काउन्सिलर वाङ यीले नेपालको औपचारिक भ्रमण गरेका थिए एमसिसीका विषयमा चिनियाँ अधिकारीहरूले सार्वजनिक रूपमा नै अमेरिकी व्यवहारको आलोचना गरेका थिए एमसिसीका नाममा अमेरिकाले नेपालमा जबर्जस्ती कूटनीति लाद्न खोजेको चिनियाँ आरोप थियो आठ महिनाअघि मंसिरमा पनि लु काठमाडौं आएका थिए उनले एमसिसी संसद्मा लगेर टुंग्याउन उनले शीर्ष राजनीतिक नेतालाई आग्रह गरेका थिए

नेपालमा रहँदा उनले उच्च राजनीतिक भेटवार्ता गर्ने स्रोतको भनाइ प्रधानमन्त्री शेरबहादुर देउवाको अमेरिका भ्रमण रद्द भएसँगै उनको भ्रमण हुन लागेको हो यसअघि एमसीसी सम्झौता अनुमोदन हुनु अघि पनि लूले नेपाल भ्रमण गरेका थिए

उनले प्रधानमन्त्री शेरबहादुर देउवा परराष्ट्रमन्त्री नारायण खड्कालगायत राजनीतिक दलका शीर्ष नेताहरुलाई भेट्ने बताइएको नेपालले स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपी) अस्वीकार गरेको केही समयपछि लू नेपाल भ्रमणमा आउनुलाई अर्थपूर्ण मानिएको

सम्बन्धित समाचार