२०८३ बैशाख १८ गते , शुक्रबार
टिपरको ठक्करबाट साइकल यात्रीको मृत्यु
बिर्तामोड । महेन्द्र राजमार्ग अन्तर्गत झापाको कमल गाउँपालिका-५ गिता पेट्रोल पम्प अगाडि बुधबार सवारी दुर्घटनामा परि एक जनाको मृत्यु भएको छ ।
साँझ ५:३० बजे पश्चिमबाट पूर्व तर्फ जाँदै गरेको बागमती प्रदेश-०३-००१ क २१२ नम्बरको टिपरको ठक्करबाट नाम थर वतन नखुलेको साईकल यात्रीको घटनास्थलमा नै मृत्यु भएको प्रहरीले जनाएको छ ।
पोष्टमार्टमका लागि शव दमक अस्पताल पठाईएको र टिपर चालक जिल्ला मकवानपुर चुरेमाई नगरपालिका-५ बस्ने ३१ बर्षीय सुजन वाईवा र टिपर प्रहरी चौकी केर्खाको नियन्त्रणमा रहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता डिएसपी वसन्त पाठकले जानकारी दिए ।