२०८३ बैशाख १८ गते , शुक्रबार

आज प्रदेश १ सहित अन्य स्थानमा भारी बर्षाको सम्भावना

sajilo news
परिवेश मिडिया
२०७९ श्रावण ६ गते , शुक्रबार
आज प्रदेश १ सहित अन्य स्थानमा भारी बर्षाको सम्भावना

काठमाण्डौ । हाल देशभर सामान्य देखि पूर्ण बदली रहेको छ। देशको केही पहाडी भू-भागमा चट्याङसहित हल्का देखि मध्यम वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
आज दिउँसो देशका पहाडी भू-भागका केही स्थानहरूमा चट्याङसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ भने राती  गण्डकी प्रदेश, बागमती प्रदेश र प्रदेश १ को एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।
देशको पहाडी भू-भागका केही स्थानहरूमा  पहिरो तथा गेग्रान बहावको जोखिम रहेको साथै नदी नाला तथा खहरे खोलाहरूमा पानीको सतह बढ्न सक्ने भएकोले  सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

सम्बन्धित समाचार