२०८३ बैशाख १८ गते , शुक्रबार
झापामा आगलागीबाट ६ घरमा क्षति
बिर्तामोड । झापा गाउँपालिका-५ सिमलडाँगीमा आगलागी हुँदा ६ घर जलेर नष्ट भएका छन् ।
बुधबार बिहान करिब तीन बजे अब्दुल करिम अलीको घरबाट आगलागी सुरु भएको थियो । प्रहरीका प्रराम्भिक अनुसन्धान अनुसार बिजुली सर्ट भई आगलागी भएको हो ।
आगलागीले अब्दुलका छिमेकमा रहेका अन्य पाँच घर पनि जलेको छ । अब्दुल जुलास अली, अमुल अली, अनावर अली, स्माइल अली र सामेद अलीको घर जलेको प्रहरीले बताएको छ ।
आगलागीबाट घर पूर्ण रूपमा नष्ट भएको तथा अन्नपात, लत्ताकपडालगायत विभिन्न सामग्री पनि जलेको प्रहरीले जानकारी दिएको छ ।
स्थानीयबासी, नेपाल प्रहरी र सशस्त्र प्रहरीले आगो नियन्त्रणमा लिएका छन् । आगलागीबाट भएको क्षतिको पूर्ण विवरण आउन बाँकी छ ।