२०८३ बैशाख १८ गते , शुक्रबार

प्रदेश १ को नामको बिषयमा छलफल गर्न सर्वदलीय बैठक आह्वान

sajilo news
परिवेश मिडिया
२०७९ श्रावण २ गते , सोमबार
प्रदेश १ को नामको बिषयमा छलफल गर्न सर्वदलीय बैठक आह्वान

विराटनगर । प्रदेश-१ का सभामुख प्रदीपकुमार भण्डारीले नामाकरणका लागि छलफल गर्न सर्वदलीय बैठक आह्वान गरेका छन् ।
दलहरु नामाकरणका लागि आ-आफ्नै अडानमा हुँदा सहमतिका लागि सभामुखले बैठक बोलाएका हुन् ।
सभामुख प्रदीपकुमार भण्डारीले साउन ६ गतेका लागि नामाकरणका विषयमा छलफल गर्न सार्वदलीय बैठक बोलाएको प्रदेश सभा सचिव गोपालप्रसाद पराजुलीले बताए ।
सभामुख भण्डारीले प्रदेशसभाको बैठक साउन ८ गते दिउँसो १ बजेका लागि बोलाएको सचिव पराजुलीले बताए ।
नेकपा एमाले र नेपाली कांग्रेस भूगोलका आधारमा कोशी प्रदेश राख्न सहमत देखिएका छन भने पहिचानवादी दलहरु ऐतिहासिक पहिचानका आधारमा नामाकरण हुनुपर्ने भन्दै दबाब बढाइरहेका छन । 

सम्बन्धित समाचार