२०८३ बैशाख १८ गते , शुक्रबार
चार लाखको अवैध सुपारी तथा कपडा बरामद
बिर्तामोड । झापाको मेचिनगर-६ स्थित भारतीय सिमानाबाट शनिबार राती १० बजे भारततर्फ लाँदै गरेको अवैध सुपारी प्रहरीले बरामद गरेको छ । प्रहरीले ५० हजार मूल्य बराबरको ९० किलो सुपारी बरामद गरेको जनाएको हो ।
त्यस्तै साउन १ गते बिहान पाउने ४ बजे मेचिनगर-६ स्थित भारतीय सिमानाका बाट भन्सार छलेर नेपालतर्फ ल्याउँदै गरेको ३ लाख २० हजार मूल्यको ४ पोका कपडा बरामद भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । सोही स्थानबाट भारततर्फ लैजाँदै गरेको ३० हजार मूल्यको ६० किलो सुपारी समेत प्रहरीले बरामद गरेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता वसन्त पाठकले जानकारी दिए ।