२०८३ बैशाख १८ गते , शुक्रबार

वाइसीएलद्वारा गभर्नरको राजिनामा माग गर्दै प्रधानमन्त्रीलाई ज्ञापन पत्र

sajilo news
परिवेश मिडिया
२०७९ असार ३२ गते , शनिबार
वाइसीएलद्वारा गभर्नरको राजिनामा माग गर्दै प्रधानमन्त्रीलाई ज्ञापन पत्र

काठमाडौं नेकपा (माओवादी केन्द्र)को सहायक संगठन योङ्ग कम्युनिस्ट लिग (वाईसीएल) नेपालले गभर्नर महाप्रसाद अधिकारीलाई बर्खास्त गरी छानबिन गर्न सरकारको ध्यानाकर्षण गराएको

प्रधानमन्त्री शेरबहादुर देउवालाई बुँदे ज्ञापन पत्र बुझाउँदै वाईसीएलले गभर्नर अधिकारी एमालेको अर्थ विभाग सदस्य रहेको शैक्षिक योग्यतासमेत नक्कली भएको भन्दै बर्खास्त गर्न माग गरेको हो

साथै वाईसीएलले आर्थिक संकट विदेशी मुद्रा संचिती घटिरहेको अवस्थामा हतियार खरिदको निर्णय तुरुन्त रोक्न पनि सरकारको ध्यानाकर्षण गराएको

संवैधानिक परिषद्सम्बन्धी विधेयक फिर्ता लिनुपर्नेविपद् व्यवस्थापन तथा आकस्मिक उद्धारका साथै युवाहरूको क्षमता अभिवृद्धिका लागि अनिवार्य तालिमको व्यवस्था गर्नु पर्ने माग वाईसीएलले राखेको

यसका साथै, किसानलाई समयमै मल बिउको उपलब्ध गराउनुपर्ने, विद्यार्थीलाई पाठ्य सामग्रीको व्यवस्था तुरुन्त गर्नुपर्ने सामाजिक विकृति विसंगती तथा हिंसाको विरुद्ध प्रभावकारी कदम चाल्न ऐन कानुनको समयानुकुल परिमार्जन गर्न सरकारको ध्यानाकर्ण गराएको

सम्बन्धित समाचार