२०८३ बैशाख १८ गते , शुक्रबार
फरक दुई घटनामा झापामा दुई जनाको मृत्युु
बिर्तामोड । शुक्रबार झापामा भएको दुई फरक घटनामा परि दुई जनाको मृयु भएको छ ।
दिनको ४ बजे बुद्धशान्ति-५ शान्तिनगर गैरीगाउँमा खेत जोत्ने क्रममा ट्याक्टर पल्टिँदा सहचालक सोही ठाउँका २६ बर्षीय बिकाश कुमालको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
दुर्घटना गराउने प्र.१-०१-००१ त ९३२५ न.को ट्याक्टर, चालक स्थानीय ३४ बर्षीय चन्द्रबहादुर कुमाललाई इलाका प्रहरी कार्यालय धुलाबारीले नियन्त्रणमा लोएर अनुसन्धान गरिरहेको झापा प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक वसन्त पाठकले बताए ।
त्यस्तै साँझ ५:३० बजे भद्रपुर-३ स्थित सितु सापकोटाको ११ बर्षीय छोरा इश्वर सापकोटा स्थानीय देउनिया खोलामा पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ ।