पिकअपको ठक्करबाट अटो चालकको मृत्यु
बिर्तामोड । झापाको बुद्धशान्तिमा पिकअपको ठक्करबाट अटोचालकको मृत्यु भएको छ । बुद्धशान्ति-४ स्थित मेची राजमार्गमा सोमबार २:३० बजे उत्तरबाट दक्षिणतर्फ जाँदै गरेको को २ च २०६३ नम्बरको पिकअपले सोहि दिशा तर्फ जाँदै गरेको मे १ ह ४६४४ नम्बरको अटोलाई पछाडीबाट ठक्कर दिएको थियो ।
दुर्घटनामा परि अटो चालक बुद्धशान्ति-७ बस्ने बर्ष ४१ को भानु खड्का, सोही ठाउँकि १८ बर्षीया बिना सेन्चुरी र बुद्धशान्ति-४ बस्ने ३२ बर्षीया ईन्दिरा राई घाइते भई उपचारको लागी अस्पताल पठाइएकोमा घाइते अटो चालक भानु खड्काको बिएण्डसी अस्पताल बिर्तामोडमा उपचारको क्रममा ऐ.४:३० बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । ठक्कर दिने पिकअप र चालक जिल्ला इलाम सुर्योदय नगरपालिका वडा नम्बर १० बस्ने बर्ष ५१ को दिलिपकुमार प्रधानलाई प्रहरी नियन्त्रणमा लिइ अनुसन्धान गरिरहेको कार्यालयका सुचना अधिकारी प्रहरी नायव उपरीक्षक वसन्त पाठकले जानकारी दिए ।