झापामा ६१ प्रतिशत रोपाईं सम्पन्न
बिर्तामोड । झापामा शनिबारसम्ममा ६१ प्रतिशत खेतमा रोपाईँ भएको छ । झापाको ८७ हजार ५ सय हेक्टर खेतमा धानबाली हुने गरेको छ । गत बर्ष ९५ प्रतिशत क्षेत्रमा धान रोपाईँ भएको कृषि ज्ञान केन्द्र झापाका बागबानी अधिकृत अंकित भट्टराईले जानकारी दिए ।
किसानले साउनको २० सम्मपनि धान रोप्ने गरेको उनले बताए । सरकारले समयमा मल आयात गर्न नसक्दा रोपाईँ गर्ने आधा समय सकिँदासमेत कृषकले मल पाउन सकेका छैनन् । बजारमा सहजरुपमा मल उपलब्ध नहुँदा सीमावर्ती क्षेत्रका किसान महँगो मूल्यमा भारतीय बजारमा मल किन्न बाध्य छन् । सरकारले झापामा १ हजार ४५० मेट्रिक टन डीएपी मल उपलब्ध गराएपनि युरिया मल उपलब्ध गराउन सकेको छैन । कृषकहरुले बिक्री गर्ने उद्धेश्यले मोटा धान रोप्ने तर आफुले मसिनो धान उपभोग गर्ने हुँदा आयात नरोकिएकाले धानको विभिन्न प्रजाति रोप्ने लक्ष्यमा साथ यस बर्ष मन्त्रालयले धानबालीमा जैविक विविधताको उपयोग, आयात प्रतिस्थापनमा सहयोग भन्ने नाराका धान दिवस मनाएको छ ।