२०८३ बैशाख १८ गते , शुक्रबार

बिर्तामोडको प्राथमिकतामा शिक्षा र पूर्वाधार निर्माण

sajilo news
परिवेश मिडिया
२०७९ असार २४ गते , शुक्रबार
बिर्तामोडको प्राथमिकतामा शिक्षा र पूर्वाधार निर्माण

बिर्तामोड । झापाको बिर्तामोड नगरपालिकाले शिक्षा र पूर्वाधार निर्माणलाई विशेष प्राथमिकता दिने भएको छ ।
बजेटको प्राथमिकता र कार्यान्वयन पक्ष बिषयक साक्षात्कार कार्यक्रममा त्यस्तो जानकारी गराइएको हो ।
नगरलाई शिक्षाको हब बनाउने उद्धेश्यले विद्यालयका भौतिक संरचना तयार पार्दै कक्षा-१२ सम्म निःशुल्क गरिने नगर उपप्रमुख नगेन्द्रप्रसाद संग्रौलाले बताएका छन् । आगामी पाँच वर्षभित्रमा कक्षा-१२ सम्म निःशुल्क शिक्षा उपलब्ध गराउने योजनासहित यसै वर्षदेखि अभियान शुरु गरिएको उनले बताए । 
रिपोटर्स क्लब नेपाल मेचीको आयोजना तथा बिर्तामोड नगरपालिकाको आर्थिक सहयोगमा शुक्रवार नगरमा भएको बजेटको प्राथमिकता र कार्यान्वयन पक्ष विषयक साक्षात्कार कार्यक्रममा उपप्रमुख  संग्रालाले आगामी आर्थिक वर्षमा पूर्वाधार निर्माणसँगै शिक्षालाई निःशुल्क बनाइने बताएका हुन् । 
विगतका कार्यक्रमलाई निरन्तरता दिँदै मावनीय आवश्यकता पूरा गर्ने योजनासहित अघि बढ्ने नगर प्रमुख संग्रौलाले बताए ।  प्राथमिकताका विषय धेरै भए पनि पूर्वाधार विकासलाई विशेष प्राथमिकता दिइएको उनको भनाई थियो ।  बजेट अभावका कारण धेरै काम गर्ने अवस्था नरहेको समेत उनले जानकारी दिए । 
पूर्वाधारपछि नगरले शिक्षा, स्वास्थ्य, कृषिलाई प्राथमिकतामा राखेको छ । अत्याधुनिक नगर अस्पताल निर्माण गर्ने, एक हजार विपन्नको स्वास्थ्य बिमा गर्ने लगायतका महत्वपूर्ण योजना निर्माण गरिएको नगरपालिकाले जनाएको छ ।
कार्यक्रममा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विनोद न्यौपानेले नगर क्षेत्रमा फोहोर व्यवस्थापन चुनौतीपूर्ण बन्दै गएको बताए । नगरबाट उत्पादित फोहोर बिर्सन गर्ने स्थानको सम्झौता साउन १ गतेदेखि सकिन लागेकोले  फोहोर व्यवस्थापन ठूलो चुनौतीको रुपमा देखिएको उनको भनाई थियो ।  कार्यक्रममा वडाध्यक्ष अग्नि पाण्डेले फोहोर व्यवस्थापनमा देखिएको समस्या समाधानमा सबै नगरबासी र सरोकारवाला निकाय जुट्नुपर्ने बताए । 
बिर्तामोडको कृषिथोकमा पार्किङसहितको बहुतले व्यावसायिक भवन बनाउनका लागि डीपीआर बनाउने कार्य शुरु गरिएको जनाइएको छ । नगरपालिकाले एक करोड रुपैयाँ विनियोजन समेत गरेको छ । त्यस्तै, बिर्ता बजारमा  छ करोडको लागतमा व्यावसायिक भवन बनाउने काम शुरु भइसकेको छ ।
कार्यक्रममा जनप्रतिनिधि निर्वाचित भैसके कस्ता योजनाहरु निर्माण भए भन्ने  विकाससँग सम्बन्धित १२ वटा प्रश्नहरु राखिएको थियो ।  

सम्बन्धित समाचार