२०८३ बैशाख १८ गते , शुक्रबार

अर्जुनधारामा न्यायसम्बन्धि एक दिने अन्तरक्रिया सम्पन्न

sajilo news
परिवेश मिडिया
२०७९ असार २४ गते , शुक्रबार
अर्जुनधारामा न्यायसम्बन्धि एक दिने अन्तरक्रिया सम्पन्न

बिर्तामोड । न्यायमा बाह्य पहुँच सम्बन्धि एक दिने अन्तरक्रिया कार्यक्रम झापाको अर्जुनधारा नगरपालिकामा सम्पन्न भएकाे छ । नगरपालिकाको न्याय  सम्पादनमा सहज होस् भन्ने उद्देश्यले शुक्रबार कार्यक्रमको आयोजना गरिएको हो ।
कार्यक्रममा सहभागी जनप्रतिनिधिहरुले जनताका समस्या र त्यसमा अदालतले खेल्नुपर्ने भूमिकाको बारेमा आफ्ना धारणा राखेका थिए ।
झापा जिल्ला अदालतकाे आयाेजना तथा अर्जुनधारा नगरपालिकाकाे समन्वयमा आयोजित कार्यक्रम जिल्ला न्यायाधीश गिरिराज गाैतमको अध्यक्षतामा सम्पन्न भएको थियो ।  कार्यक्रममा जिल्ला न्यायाधीश शंकरबहादुर राई, ओमबहादुर सोडारी, नगर प्रमुख बलदेवसिंह गाेम्देन, उपप्रमुख खड्गमाया पराजुली,  प्रमुख प्रशासकीय अधिकृत गीता राई,  वडाध्यक्षहरु, कार्यपालिका सदस्य र वडा सदस्यहरूको सहभागिता रहेको थियो ।

सम्बन्धित समाचार