२०८३ बैशाख १८ गते , शुक्रबार
ट्याक्टरले सिटीलाई ठक्कर दिँदा एक जनाको मृत्यु
बिर्तामोड । झापाको कन्काई नगरपालिका-३ एकान्त टोलस्थित भित्री सडक खण्डमा ट्याक्टरले अटोलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । दक्षिणबाट उत्तर तर्फ आउँदै गरेको मे.१.त ७८३१ नम्बरको ट्याक्टरले मे.१.ह ६९६० नम्बरको अटोलाई ठक्कर दिँदा अटोमा सवार झापा कन्काइ नगरपालिका-३ की ३४ बर्षीया कमला नेपालको टाउँकोमा चोट लागी घाईते भएकोमा उपचारको लागी बिएण्डसी अस्पताल बिर्तामोड लगिएकोमा उपचारको क्रममा सोही अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । ट्याक्टर र चालक कन्काई नगरपालिका-७ बस्ने २४ बर्षीय यतुवा मर्डीलाई ईलाका प्रहरी कार्यालय सुरुङ्गाले नियन्त्रणमा लिई घटना सम्बन्धमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।