२०८३ बैशाख १८ गते , शुक्रबार
दुर्घटनाका घाइतेहरुको उपचार खर्च प्रदेश १ सरकारले ब्यहोर्ने
बिराटनगर । प्रदेश १ सरकार मन्त्रिपरिषद्को बैठकले सवारी साधन दुर्घटनाका कारण घाइते भएकाहरुको सम्पूर्ण उपचार खर्च व्यहोर्ने निर्णय गरेको छ । आज बसेको बैठकले बिमा रकमभन्दा बढी हुने उपचार खर्च सरकारले दिने निर्णय गरेको हो ।
मन्त्रिपरिषद् बैठकले यसअघि गरेको प्रदेश यातायात व्यवस्था निर्देशनालय हटाउने निर्णय पनि सच्याएको छ । प्रदेश यातायात व्यवस्था ऐनको प्रतिकूल हुनेगरी यस अघि मन्त्रिपरिषद् बैठकले निर्देशनालय हटाएको थियो ।