२०८३ बैशाख १८ गते , शुक्रबार
अबैध रुपमा खोला उत्खनन् गर्दै गरेको अवस्थामा ९ वटा सवारी साधन नियन्त्रणमा
इटहरी । मोरङका विभिन्न खोलाबाट प्रहरीले अबैध रुपमा उत्खनन् गर्दै गरेका ९ वटा सवारीसाधन चालक सहित नियन्त्रणमा लिएको छ । केराबारी-८ स्थित खदम खोला, केराबारी-७ स्थित रहेको मुगु खोला, सुन्दरहरैचा-५ स्थित रहेको बुढीखोला र बेलबारी-२ स्थित रहेको लोहन्द्रा खोलाबाट ती सवारीसाधन नियन्त्रणमा लिएको हो ।
ती खोलामा अवैधरुपमा गिटी तथा बालुवा उत्खनन् गरिरहेको अवस्थामा इलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको प्रहरी टोलीले टिफर ४ वटा, ट्रयाक्टर ४ वटा, एउटा जेसीबी र तिनका चालक सहित नियन्त्रणमा लिएको हो । नियन्त्रणमा लिईएका ९ वटै सवारी साधनसहित चालकहरुलाई आवश्यक कारवाहीको लागि वेलवारी नगरपालिकाको कार्यालय र केराबारी गाउँपालिकाको कार्यालयमा बुझाईएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।