२०८३ बैशाख १८ गते , शुक्रबार
बुवासँग घुम्न गएका बालकको बिरिङले बगाउँदा मृत्यु
बिर्तामोड । झापाको कनकाई नगरपालिका-८ स्थित रहेको पिकनिक स्पोटमा घुम्न गएका बालकको खोलाले बगाएर मृत्यु भएको छ । मृत्यु हुनेमा विर्तामोड नगरपालिका-१ अतिथि सदन टोल बस्ने नविन ओलीको ६ बर्षीय छोरा सर्वजित ओली रहेका छन् ।
शनिबार दिउँसो १ बजे बुवासँग घुम्न गएका बालकलाई बिरिङ खोलाले बगाएको बगाएको थियो । बिरिङ खोलाले करिब ३०० मिटर बगाएर उद्वार गरिएपनि बालकको मृत्यु भैसकेको प्रहरीले जनाएको छ । घटनाका सम्बन्धमा प्रहरी कार्यालय अनारमनीले थप अनुसन्धान गरिरहेको जनाएकोछ।