२०८३ बैशाख १८ गते , शुक्रबार

बर्षाका कारण झापामा २ सय बढी परिवार प्रभावित

sajilo news
परिवेश मिडिया
२०७९ असार १४ गते , मंगलबार
बर्षाका कारण झापामा २ सय बढी परिवार प्रभावित

बिर्तामोड, असार १४ । निरन्तर परेको पानीका कारण झापामा करिब २२७ परिवार प्रभावित भएका छन । सोमबार मध्यराति देखि आएको पानीका कारण झापाको धेरै स्थानमा डुबान हुँदा ती परिवार बिस्थापित भएका हुन ।
पानीका कारण जमिन कटान भएका छन भने सडकमा क्षति पुर्याएको छ । शिवसताक्षी नगरपालिका-१ का हरिदेव ताजपुरियाको कुखुरा फारममा रहेको १२०० कुखुरा मर्दा करिब १० लाख ४० हजार क्षति पुगेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
त्यस्तै अविरल बर्षाका कारण कचनकवलस्थित नेपाल भारत सिमामा रहेको २८ र २९ नम्बरको सिमास्तम्भ डुबेको कार्यालयले जनाएको छ । भौतिक क्षतिभए पनि हालसम्म मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ । 

सम्बन्धित समाचार