२०८३ बैशाख १८ गते , शुक्रबार

बिर्तासिटी अस्पतालका कर्मचारी मृत भेटिए

sajilo news
परिवेश मिडिया
२०७९ असार १४ गते , मंगलबार
बिर्तासिटी अस्पतालका कर्मचारी मृत भेटिए

बिर्तामोेड, असार १४ । बिर्तासिटी हस्पिटल बिर्तामोडका एक पुरुष कर्मचारी कोठामा मृत अवस्थामा भेटिव्का छन । अस्पतालमा ट्रली ब्वाइको रुपमा काम गर्दै आएका डिल्लीराम बाँस्तोला सुतेकै ठाउँमा मृत फेला परेका हुन।
आज बिहान ७ बजेदेखि ड्युटी रहेका गौरादह ३ निवासी ५१ वर्षिय बाँस्तोला ड्युटी समयमा नउठेपछि गएर हेर्दा उनी मृत फेला परेको इलाका प्रहरी कार्यालय अनारमनीका प्रमुख प्रहरी नायव उपरीक्षक रुगमबहादुर कुँवरले जानकारी दिए । उनी हस्पिटलकै परिसरमा रहेको कोठामा बस्दै आएका थिए । हृदयघात भएर उनको मृत्यु भएको हुनसक्ने आशंका गरिएको छ । घटनाको कानुनी प्रक्रिया पूरा गर्ने काम भईरहेको प्रहरीले जनाएको छ । 

सम्बन्धित समाचार